सिमली छायाँमा बसी भरिया लामो सास फेरेको - Simali Chhaya ma basi bhariya laamo sas fereko - Lyrics

सिमली छायाँमा बसी भरिया लामो सास फेरेको,
उमेर भैसक्यो अस्सी, झन् ठुला दुखले घेरेको,
सिमली छायाँमा बसी भरिया लामो सास फेरेको,
उमेर भैसक्यो अस्सी, झन् ठुला दुखले घेरेको,

छोरा छोरी पालें तालें यै भारीको भरमा,
छोरा छोरी पालें तालें यै भारीको भरमा,
जीवन भरि कहिल्यै पनि सुध्रियेन कर्म,
वैशाखको धुपमा पनि सुख पाइनँ मैले, 
वैशाखको धुपमा पनि सुख पाइनँ मैले, 
साउनको बाढी पहिरो भन्न पाइनँ मैले,
निमुखो यो सर्वहारा, सातुको कोशेली फुकायो,
भिजेको जिउको सारा डाँडामा पसिना सुकायो 
सिमली छायाँमा बसी भरिया लामो सास फेरेको,
उमेर भैसक्यो अस्सी, झन् ठुला दुखले घेरेको,

छोरीहरू हुर्के बढे घर घर गए ,
छोरीहरू हुर्के बढे घर घर गए ,
छोराहरू पाँचै भाई मुग्लानिया भए,
नातिनी र नातिहरु जन्मे भन्छ कुन्नि,
नातिनी र नातिहरु जन्मे भन्छ कुन्नि,
मेरो साथी लौरो बाहेक छैन अरु सुन्ने
मागेर चोरेर भएन, पसिना नझारी क्यै छैन,
बोकेर अर्कैको भारी, जिन्दगी थामेको जुगभरि,
सिमली छायाँमा बसी भरिया लामो सास फेरेको,

कैलेकाहीं साथ दिने बुढी थिई घर,
कैलेकाहीं साथ दिने बुढी थिई घर,
छोरा छोरी सम्झी सम्झी रुन्थी धरधर,
मलाई भन्दा छिट्टै आयो उसलाई पापी काल,
मलाई भन्दा छिट्टै आयो उसलाई पापी काल,
हातखुट्टा सुन्न्यायेर गुमाई उसले चोला,
सम्झेर पुराना दिन, आँखामा समुन्द्रै छल्कियो,
झन् धेरै साहूको ऋण, सम्झेर हृदय सल्कियो,
सिमली छायाँमा बसी भरिया लामो सास फेरेको,
उमेर भैसक्यो अस्सी, झन् ठुला दुखले घेरेको,

 नुन तेल लुगा छैन, महँगो रासन,
नुन तेल लुगा छैन, महँगो रासन,
मेरो उमेर भन्दा बुढो सामन्ती शासन,
यो व्यवस्था रहुन्जेल पाइनँ सास फेर्न,
यो व्यवस्था रहुन्जेल पाइनँ सास फेर्न,
मै बुढो  नि जान्छु अब सामन्तलाई घेर्न,
उठ हे भरिया ज्यामी, यो देश खरानी भैसक्यो,
गैसक्यो यो हाम्रो जुनी. अब त अबेला भैसक्यो,
उठ हे भरिया ज्यामी, यो देश खरानी भैसक्यो,
गैसक्यो यो हाम्रो जुनी. अब त अबेला भैसक्यो,
गैसक्यो यो हाम्रो जुनी. अब त अबेला भैसक्यो,
गैसक्यो यो हाम्रो जुनी. अब त अबेला भैसक्यो,




No comments:

Post a Comment