सिमली छायाँमा बसी भरिया लामो सास फेरेको - Simali Chhaya ma basi bhariya laamo sas fereko - Lyrics

सिमली छायाँमा बसी भरिया लामो सास फेरेको,
उमेर भैसक्यो अस्सी, झन् ठुला दुखले घेरेको,
सिमली छायाँमा बसी भरिया लामो सास फेरेको,
उमेर भैसक्यो अस्सी, झन् ठुला दुखले घेरेको,

छोरा छोरी पालें तालें यै भारीको भरमा,
छोरा छोरी पालें तालें यै भारीको भरमा,
जीवन भरि कहिल्यै पनि सुध्रियेन कर्म,
वैशाखको धुपमा पनि सुख पाइनँ मैले, 
वैशाखको धुपमा पनि सुख पाइनँ मैले, 
साउनको बाढी पहिरो भन्न पाइनँ मैले,
निमुखो यो सर्वहारा, सातुको कोशेली फुकायो,
भिजेको जिउको सारा डाँडामा पसिना सुकायो 
सिमली छायाँमा बसी भरिया लामो सास फेरेको,
उमेर भैसक्यो अस्सी, झन् ठुला दुखले घेरेको,

छोरीहरू हुर्के बढे घर घर गए ,
छोरीहरू हुर्के बढे घर घर गए ,
छोराहरू पाँचै भाई मुग्लानिया भए,
नातिनी र नातिहरु जन्मे भन्छ कुन्नि,
नातिनी र नातिहरु जन्मे भन्छ कुन्नि,
मेरो साथी लौरो बाहेक छैन अरु सुन्ने
मागेर चोरेर भएन, पसिना नझारी क्यै छैन,
बोकेर अर्कैको भारी, जिन्दगी थामेको जुगभरि,
सिमली छायाँमा बसी भरिया लामो सास फेरेको,

कैलेकाहीं साथ दिने बुढी थिई घर,
कैलेकाहीं साथ दिने बुढी थिई घर,
छोरा छोरी सम्झी सम्झी रुन्थी धरधर,
मलाई भन्दा छिट्टै आयो उसलाई पापी काल,
मलाई भन्दा छिट्टै आयो उसलाई पापी काल,
हातखुट्टा सुन्न्यायेर गुमाई उसले चोला,
सम्झेर पुराना दिन, आँखामा समुन्द्रै छल्कियो,
झन् धेरै साहूको ऋण, सम्झेर हृदय सल्कियो,
सिमली छायाँमा बसी भरिया लामो सास फेरेको,
उमेर भैसक्यो अस्सी, झन् ठुला दुखले घेरेको,

 नुन तेल लुगा छैन, महँगो रासन,
नुन तेल लुगा छैन, महँगो रासन,
मेरो उमेर भन्दा बुढो सामन्ती शासन,
यो व्यवस्था रहुन्जेल पाइनँ सास फेर्न,
यो व्यवस्था रहुन्जेल पाइनँ सास फेर्न,
मै बुढो  नि जान्छु अब सामन्तलाई घेर्न,
उठ हे भरिया ज्यामी, यो देश खरानी भैसक्यो,
गैसक्यो यो हाम्रो जुनी. अब त अबेला भैसक्यो,
उठ हे भरिया ज्यामी, यो देश खरानी भैसक्यो,
गैसक्यो यो हाम्रो जुनी. अब त अबेला भैसक्यो,
गैसक्यो यो हाम्रो जुनी. अब त अबेला भैसक्यो,
गैसक्यो यो हाम्रो जुनी. अब त अबेला भैसक्यो,




मिर्मिरे साँझमा सिमसिमे पानी - Mirmire saanjhma simsime paani Lyrics

गीतकार : प्रतापचन्द्र प्रधान

मिर्मिरे साँझमा सिमसिमे पानी, सातै रंगी इन्द्रेणी रानी सजाईदेऊ  मेरो जोवन , मायाले ..... सजाईदेऊ  मेरो जोवन
वरिपरी फूलैफूलले भरिएको डाँडाजस्तो, सजाउँला तिम्रो जोवन, मायाले ..... सजाउँला तिम्रो जोवन
मिर्मिरे साँझमा सिमसिमे पानी, सातै रंगी इन्द्रेणी रानी सजाईदेऊ  मेरो जोवन , मायाले ..... सजाईदेऊ  मेरो जोवन
वरिपरी फूलैफूलले भरिएको डाँडाजस्तो, सजाउँला तिम्रो जोवन, मायाले ..... सजाउँला तिम्रो जोवन

युग युग मायाको वैरी, सधैँ नै संसार, तिमी मेरो म तिम्रो, मुनामदन जस्तो
युग युग मायाको वैरी, सधैँ नै संसार, तिमी मेरो म तिम्रो, मुनामदन जस्तो
भुलिदेउ सबै  आज यो वैरी संसार, जीवन - ज्योति, ज्योति - जीवन संसार हाम्रो , संसार हाम्रो ...... संसार हाम्रो ......
वरिपरी फूलैफूलले भरिएको डाँडाजस्तो, सजाउँला तिम्रो जोवन, मायाले ..... सजाउँला तिम्रो जोवन
हो .....मिर्मिरे साँझमा सिमसिमे पानी, सातै रंगी इन्द्रेणी रानी सजाईदेऊ  मेरो जोवन , मायाले ..... सजाईदेऊ  मेरो जोवन
कहिलेकाहिँ  डर लाग्छ सम्झेर ल्याउँदा, त्यहि  कहीं अल्झिने हो कि माया हाम्रो
कहिलेकाहिँ  डर लाग्छ सम्झेर ल्याउँदा, त्यहि  कहीं अल्झिने हो कि माया हाम्रो
जहाँ तहाँ अल्झिने होइन पिरती हाम्रो , दोहोराऊनेछ माया हाम्रो बाँसुरीले....  बाँसुरीले....  बाँसुरीले....
मिर्मिरे साँझमा सिमसिमे पानी, सातै रंगी इन्द्रेणी रानी सजाईदेऊ  मेरो जोवन , मायाले ..... सजाईदेऊ  मेरो जोवन
वरिपरी फूलैफूलले भरिएको डाँडाजस्तो, सजाउँला तिम्रो जोवन, मायाले ..... सजाउँला तिम्रो जोवन
मायाले ..... सजाउँला हाम्रो  जोवन, मायाले ..... सजाउँला हाम्रो  जोवन, मायाले ..... सजाउँला हाम्रो  जोवन


नेपाली नेपालको माया छ कि छैन ? Nepali Nepal ko Maya chha ki chhaina - Lyrics

शब्द / संगीत : गोपाल योन्जन

(नेपाली ! नेपालको माया छ कि छैन ? ) ३
धेरै खेलेउ नेपालको तिमी छातिमाझ
तिम्रो छाती माथि पनि...... नेपाल छ कि छैन ?
नेपाली ! नेपालको माया छ कि छैन ?

(हाम्रा पुर्खा सतलजदेखि टिस्टा सम्म हाँक्ने, ) २
हामी किन बाँच्नलाई अरूको मुख ताक्ने ?
हाम्रा पुर्खा सतलजदेखि टिस्टा सम्म हाँक्ने,
हामी किन बाँच्नलाई अरूको मुख ताक्ने ?

(पानी बिनै बाँच्न सक्ने हाम्रा बैनी-आमा,)२
आज छोरी लाज नबेच् , एक घुट्मा दिई आमा...
नेपाली ! नेपालको माया छ कि छैन ?
(त्यै पुर्खाको दुई-चार थोपा रगत छ कि छैन ?)२
काँधमा हिमाल बोकी उठ्ने, तागत छ कि छैन ?
नेपाली ! नेपालको माया छ कि छैन ?

(सारा नेपाल नेपालीलाई छायाँ दिन सक्ने,)२
पृथिवीको जत्रो तिम्रो छाती छ कि छैन ?
सारा नेपाल नेपालीलाई छायाँ दिन सक्ने,
पृथिवीको जत्रो तिम्रो छाती छ कि छैन ?
(देशको निम्ति मात्रै लड्ने खुँडा र खुकुरी...)२
खिया पर्यो, उचाल्न सक्ने हात छ कि छैन ?
नेपाली ! नेपालको माया छ कि छैन ?

(शुक्र, धर्म, दशरथ चन्द र गंगालालको जस्तो.....)२
हाँस्दै बलि चढ्न सक्ने.... शिर छ कि छैन ??
नेपाली ! नेपालको माया छ कि छैन ?
धेरै खेलेउ नेपालको तिमी छातिमाझ
तिम्रो छाती माथि पनि...... नेपाल छ कि छैन ?
नेपाली ! नेपालको माया छ कि छैन ?
माया छ कि छैन ?
माया छ कि छैन ?

WATCH THIS SONG IN YOUTUBE